काठमाडौं । गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका मध्ये सात सय ३४ जना कैदीबन्दी कारागार फर्किएका छन् ।
चार सय ६१ कैदीबन्दी अझै फरार रहेका छन् । जेन्जी आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट ११ सय ९५ कैदीबन्दी भागेका थिए ।
कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दी भागेका थिए ति मध्ये तीन सय ८१ जना कारागार फर्किएका छन् । तनहुँ कारागारबाट भागेका तीन सय २७ मध्ये दुई सय ७६ कारागार फर्किएका छन् । म्याग्दी कारागारबाट ७६ भागेका थिए जसमध्ये ६७ जना फर्किएका छन् भने, पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका छन् ।
कास्की कारागारबाट भागेका तीन सय ९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ – नौ जना अझै फरार रहेका छन् । कतिपय कैदीबन्दी आफैं कारागार फर्किएका थिए भने केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको जनाइएको छ । हिरासतबाट ८३ थुनुवा भागेका थिए । यसैगरि कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधारगृहमा फर्किएको जनाइएको छ ।
गण्डकी प्रदेशको कारागारमा कुल १२ सय ८१ कैदीबन्दी रहेका थिए जसमध्ये जेनजी आन्दोलनका क्रममा ११ सय ९५ जना भागेका हुन् । चाडपर्वको समयमा भागेका कैदीबन्दीका कारण सामाजिक सुरक्षा आउन सक्ने भएकाले सजक रहन र कैदीबन्दीलाई टोल, छिमेकमा देखेमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS