काठमाडौँ । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको छ।
विदेशबाट अनाधिकृत रूपमा रकम भित्र्याएको आरोपमा शाहसहित सात जनालाई ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन ब्युरोले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
प्रतिवेदन बुझाउनुअघि सीआईबीले पत्रकार सम्मेलन गरी शाह र उनको समूहले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध गरेको निष्कर्षसहित चारवटा मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो। सीआईबीका प्रवक्ता सञ्जय थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा मुख्य अभियुक्त पृथ्वीबहादुर शाह, उहाँका भाई विजयविक्रम शाहसहित १३ जना व्यक्तिविरुद्ध मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए ।
अमेरिकामा अनलाइनमार्फत ठगी गरी नेपालमा अवैध रकम भित्र्याएको खुलेपछि सीआईबीले अछाम बन्नीगढी गाउँपालिका–६ का शाह दाजुभाइ, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, नवलपरासी ९पश्चिम० बर्दघाटका रूकमाङ्गत काफ्ले र अछामका रङ्गबहादुर साउदलाई गत पुस २२ गते पक्राउ गरेको थियो। शाहले काठमाडौँको सिफलमा रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौँ कम्पनीबाट शङ्कास्पद कारोबार खुलेपछि ब्युरोले पक्राउ गरेको थियो ।
ब्युरोले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू सञ्चालन गरेको, अवैध आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कारोबार गरेको, विभिन्न विदेशी नागरिकको कम्प्युटरमा पहुँच पु(याई एन्टीभाइरस नवीकरणको नाममा झुक्याएर रकम चोरी गरेको आरोप लगाइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS