काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज मंगलबार आर्थिक पत्रकार समाज (सेजन)ले सूचना प्रविधि दशक तथा ३० खर्ब रूपैयाँको सेवा निर्यातको सम्भावनाबारे काठमाडौंमा आयोजना गरेको ‘आईटी डेकेडः अ अवे फरवार्ड एक्सप्लोरिङ द पोसिबिलिटिज अफ थ्री ट्रिलियन एक्स्पोर्ट’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले नयाँ चारणको आर्थिक सुधार जरुरी रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो नीति लिइएको बताए ।
तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ ? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्नेगरी नीति स्पष्ट गर्ने उनले बताए । उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउँदै स्वदेशमै रोजगारको अवसर बनाउन सके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । यद्यपि, राम्रो राम्रो अवसरको खोजी गर्ने र विदेश जाने क्रमलाई रोक्न भने नसकिने उनले स्पष्ट गरे ।
अर्थमन्त्री पुनले सरकार र मन्त्रीहरू फेरिने कुरा स्वाभाविक भए पनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेकोमा जोड दिए । सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताका लागि दृष्टिकोणमा प्रस्तुत गर्ने उनको भनाइ थियो ।
उनले आगामी आर्थिक वर्षको बजेटको मुख्य आकर्षण नै आईटी क्षेत्र भएको र सेजले त्यसलाई ‘क्यास’ गरेर अन्तर्क्रिया आयोजना गरेकोमा धन्यवाद पनि दिए । नेपालमा आर्थिक मेरुदण्डको प्राथमिकताको क्षेत्रमा पर्ने कृषि, जलविद्युत्, उत्पादनमुलक उद्योगका साथै यो पटकदेखि सूचना प्रविधि (आईटी) लाई पनि प्राथमिकता दिएको उनको भनाइ छ ।
तीनखम्बे अर्थनीतिमा सबैभन्दा बलियो खम्बा निजी क्षेत्र र सहकारी भएको चर्चा गर्दै उनले सहकारीमा देखिएको समस्या समाधान गरेर अघि बढ्नुको विकल्प नभएको बताए । समाजमा छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गर्नमा सहकारीको ठूलो भूमिका रहेको उनले बताएका छन् ।
सञ्चारमन्त्री रेखा शर्माले के भनिन् ?
सूचना र प्रविधिको क्षेत्र आम जनताले बुझ्दैनन्, यहाँ धेरै अनियमितता हुने गरेको छ : मन्त्री शर्मा
FACEBOOK COMMENTS