काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले निजी क्षेत्रको सम्पत्ति राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।
आज शनिवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले निजी क्षेत्रको लगानी र सेवाले देशको विकासमा महत्त्वपूर्ण टेवा पुर्याइरहेको बताएका हुन् ।
उनले जेन जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल केही खस्किएको भन्ने गरिए पनि यो एक राम्रो अवसर पनि रहेको बताए ।
हालको अवस्थामा अर्थतन्त्र सुदृढीकरणका लागि मनोवल उच्च राख्नु नै प्रथम उपाय रहेको बताउँदै उनले निराश नहुन आग्रह गरे । सरकार र नेपाल राष्ट्र बैंक निजी क्षेत्रलाई सहज हुने व्यवस्थाका लागि सकारात्मक रहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS