काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजी क्षेत्रबिना सरकारले केही पनि गर्न नसक्ने बताएका छन् ।
आज शनिवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले देशलाई विकासको मार्गमा अगाडि बढाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
उनले जेन जी आन्दोलनपछिको निजी क्षेत्र केही असहज अवस्थाबाट गुज्रिरहेको भन्दै सहजीकरणका लागि सरकार तयार रहेकाले रायसुझाव दिन आग्रह गरे ।
FACEBOOK COMMENTS