काठमाडौं । मालिन मिडियाको निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएको छ ।
कान्तिपुर टेलीिभजनमा हरेक बुधकार साँझ ९ बजे र ओएसआर रियालिटी युट्युब मार्फत प्रशारन हुने छ ।
नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएर नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ ।
कार्यक्रमकी होस्ट प्रियंका कार्की आफ्नो करिश्मा, सहज प्रस्तुतिका शैली र दर्शकमैत्री ऊर्जा मार्फत प्रत्येक एपिसोडलाई झनै रोचक, प्रेरणादायी र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS