काठमाडौं । मालिन मिडिया को निर्माणमा तयार भइरहेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकसमक्ष आउने भएको छ। कान्तिपुर टेलीिभजनमा हरेक बुधकार साँझ ९ बजे र ओएसआर रियालिटी युट्युब मार्फत प्रशारन हुने छ ।
नेपालको चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा ल्याएर नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानेकुरा तथा आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य यस कार्यक्रमले राखेको छ।
कार्यक्रमकी होस्ट प्रियंका कार्की आफ्नो करिश्मा, सहज प्रस्तुतिका शैली र दर्शकमैत्री ऊर्जा मार्फत प्रत्येक एपिसोडलाई झनै रोचक, प्रेरणादायी र मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS