काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ आयोजना गरेको टिकटक भिडियो प्रतियोगितालाई विजेतालाई पुरस्कार वितरण गरेको छ ।
‘ बैंकमा बचत गर्नुका फाइदाहरू’ शीर्षकमा भिडियो बनाई अधिकतम मन पराइएका तीन प्रतियोगीहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।
विजेताहरूलाई बैंकको प्रधान कार्यालयमा एक समारोहकावीच पुरस्कार प्रदान गरिएको बैंकले जनाएकाे छ। विजेताहरूलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ अनन्त श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
यसैगरी बैंकले ग्लोबल मनी विककै अवसरमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो ।
यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू पनि आयोजना गरेको थियो, जसमा २ हजार ११८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १९० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS