पोखरा कार्तिक २७,भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा जनगणनामा खटिएका गणकहरु लाई नागरिकको वास्तबिक विवरण संकलन गर्नमा चुनौती कठिनाई पर्ने देखिएको छ । उपल्लो मुस्ताङी जाडो छल्न बेसी झरेको,भौगोलिक विकटता ,छरिएको बस्ती,मौसम प्रतिकुलताका कारण जनगणनाकार्यमा समस्या पर्ने देखिएको छ ।
केन्द्रिय तथ्यांक विभागले कार्तिक २६ गतेदेखि देशभर एकसाथै नागरिक जनगणनाकार्य सुभारम्भ गरेको हो ।यसका लागि मुस्ताङमा १० जना सुपरिवेक्षक र ३६ जना गणक संम्वन्धित स्थानमा खटिएका छन् ।यसअघि विभागको कार्यतालिका अनुसार भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म जनगणना सुपरिवेक्षक मार्फत घर परिवार सुचिकरण गर्ने काम सम्पन्न भईसकेको छ ।यसैका आधारमा गणकहरुले नागरिकको तथ्यांक संकलन गर्ने जनाईएको छ ।
राष्ट्रिय जनगणना अभियान सुरु भएको र मुस्ताङका ५ वटै स्थानीय तह र वडाहरुमा जनगणना संम्वन्धित सामाग्रीसहित गणकहरु नागरिकको घरदैलोमा पुगिसकेको जिल्ला जनगणना अधिकारी राजन पहाडीले जानकारी दिए । उनका अनुसार यसअघि जनगणना सुपरिवेक्षक तथा गणकहरुलाई ४ दिने अभिमुखिकरण तालिम संञ्चालन गरी कार्यक्षेत्रमा पठाईएको हो ।
केन्द्रिय तथ्यांक विभागको कार्यतालिका बमोजिम राष्ट्रिय जनगणना १५ दिनसम्म जारी रहने छ ।जनगणनाकार्यलाई समन्वयात्मक रुपले प्रभावकारि रुपमा अघि बनाउन विभागको कार्यविधि अनुसार प्रजिअको संयोजकत्वमा ७ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको हो
FACEBOOK COMMENTS