काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकोसँगको छलफलमा उनले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन उद्योग र मुलुकका लघु घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै उनले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।
महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०’ लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रबद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीको बारेमा छलफल पनि भएको थियो ।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS