काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असार मसान्तसम्म आईपुग्दा संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६७.८५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा संस्थाको नाफा ३ करोड ४७ लाख १३ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवको चौथो त्रैमासमा १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा २४ करोड ४ लाख ८३ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालना मुनाफा ३ करोड ८१ लाख ७६ हजार रुपैयाँबाट बढेर १० करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २२ करोड ८ लाख ९६ हजार रुपैयाँ रहेको छ । ९२ करोड ८० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ३३ करोड ७७ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको खराब कर्जा ०.७८ प्रतिशतबाट बढेर १.७१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ ।
FACEBOOK COMMENTS