मलेसिया । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक समारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख आतिथ्यतामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ।
कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य, कला र संस्कृतिका विषयमा आयोजना गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिले नेपाली संस्कार र संस्कृतिको संरक्षण तथा उत्थानमा सहयोग पुग्ने बताए।
जनसवाल राष्ट्रिय दैनिक र जनसवाल टेलिभिजनका सम्पादक एवं अध्यक्ष रामजी बगालेको संयोजकत्वमा मिलाप मासिक र मिलाप न्यूजको आयोजनामा भएको यो कार्यक्रम मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा आयोजित उक्त कार्यक्रममा विशेष अतिथिहरूमा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, व्यवसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियका श्याम कार्की, व्यवसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला (कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायत उपस्थित थिए।
यस्तै, कार्यक्रममा व्यवसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा विशेष अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। उनीहरूलाई कार्यक्रम सभापति गीता अधिकारी, जनसवालका रामजी बगाले र राजदूतावासका प्रथम सचिव बलिराम धामीले सम्मान पत्र अर्पण गरेका थिए।
सांगीतिक प्रस्तुतिका लागि गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया), रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बास्कोटा, राजु शर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले प्रदर्शन गरेका थिए।
FACEBOOK COMMENTS