काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
FACEBOOK COMMENTS