धनगढीमा शनिवार बिहानसम्म निषेधाज्ञा थप
कर्पोरट खबर
7:10 pm, शुक्रबार, मंसिर १६, २०७९
काठमाडौँ । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिवार बिहानसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिवार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।
बिहीबार बिहान धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।
FACEBOOK COMMENTS