काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी १६ गतेसम्म जारी रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज मंगलबार नयाँ आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साता थप गरेको हो । थपिएको निषेधाज्ञाको अवधिमा चोक र सार्वजनिक स्थानमा जम्मा हुन तथा सबै प्रकारमा सभा–सम्मेलन र नाराजुलुशमा रोक लगाइएको छ ।
कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थपिएको प्रशासनको भनाइ छ । प्रशासनले पटक–पटक निषेधाज्ञा थप गर्दै गए पनि त्यसको प्रभावकारिता भने निष्प्रभावीप्रायः छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको निषेध आदेशको पूर्ण पाठ–
FACEBOOK COMMENTS