काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकले पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका चार सांसदको नाम सिफारिस गर्ने एजेण्डा रहेको छ ।
समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाले चार सांसद पाएको छ । प्रत्यक्षतर्फ भने राप्रपाले केवल एक सिट मात्र जितेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद सिफारिस गर्न आजसम्मको समय दिएको छ ।
FACEBOOK COMMENTS