कैलाली । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गतको ग्वासी आधारभूत विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई झोला वितरण गरेको हो।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।
उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका प्रतिनिधि तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय तहमा शिक्षा विकासका लागि निजी क्षेत्रको सहभागिता दिनप्रतिदिन बढ्दै जाँदा यस्ता कार्यक्रमहरूले विद्यार्थीको शैक्षिक यात्रामा थप ऊर्जा थप्ने कम्पनिले विश्वास लिएको छ।
FACEBOOK COMMENTS