काठमाडौँ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त केही क्याम्पसले विद्यार्थी संख्या नभएका बेला आर्थिक चलखेल गरेको घटनाप्रति विद्यार्थी संगठनले विरोध जनाएका छन् । खास गरी, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धन प्रक्रियामा मोटो रकमको बार्गेनिङ गरेको घटनाप्रति विरोध जनाउँदै कमिसनखोरी विद्यार्थी संगठनलाई बहिष्कार गर्न समेत आग्रह गरिएको छ ।
अनेरास्ववियु क्रान्तिकारीले एक विज्ञप्ती जारी गर्दै गलत नियतबाट आएको सम्वन्धन प्रक्रिया खारेज गर्न आर्थिक चलखेल बन्द गर्न समेत आग्रह गरेको छ ।
FACEBOOK COMMENTS