काठमाडौं । प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई पक्राउ गरेको छ। न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शन गर्नेहरूमा तारा बरालगायतका सामाजिक अभियान्ता रहेका छन्। उनीहरुले न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए।
FACEBOOK COMMENTS