काठमाडौं, १८ भदौ । चाडपर्व नजिकिए सँगै प्रोटोनले पनि दशैं तिहार अफरहरु सार्वजनिक गरेकाे छ । प्राेटाेनले दक्षिणा सहितको ‘दशैँ-दक्षिणा’ योजना ल्याएकाे हाे ।
अफरहरु भदौ १७ गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने बताइएकाे छ । यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको ‘Saga’ र ‘X70’ गाडीको खरिदमा १ लाखदेखि ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन्। जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडी सँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले रू ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्।
यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म छुट पाउने छन् ।
याे याेजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् । जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडलेइन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ। यि सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले बिभिन्न पाटपुर्जा तथा चाहिने उपकरण हरु समेत सित्तैमा प्राप्त गर्ने छन् ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन ‘Saga’ को सुरुवाती मूल्य रू ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन ‘X 70’को सुरुवाती मुल्य ८६ ९९ हजार रुपैयाँ तोकिएको छ । याे याेजना पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुनेछ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको हाे । जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।
FACEBOOK COMMENTS