काठमाडौं, असोज १३ – घर जग्गा किनबेचका लागि नयाँ एप सार्वजनिक भएको छ । निःशुल्क घर जग्गा खरिद वा विक्री गर्न मिल्ने प्लेटफर्म दलेदाईको मोबाइल एप सार्वजनिक गरेको हो । दलेदाई एप एन्ड्रोइड र आईओएस दुबैमा चलाउन मिल्ने गरि निर्माण गरिएको दावी गरेको छ ।
दलेदाई एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट घर जग्गा किनबेच गर्न र आफ्नो प्रोपटी भाडामा लगाउन सकिन्छ । दलेदाईको मोबाइल एप बाइटकेयर टेक्नोलोजीले निर्माण गरेको हो ।
दलेदाईमा ‘इजि कन्स्ट्रक्सन’ भन्ने फिचर पनि रहेको छ । यसमा घर बनाउन प्रयोग हुने फर्निचर, पेन्ट, हार्डवेयर, मार्बल, एलुमिनियम, इन्टरियर डिजाइन, टायल, ग्रिल, मेटल, कन्स्ट्रक्सन कन्ट्रयाक्टर पसलहरुको बारेमा पनि जानकारी पाइने ेदलेदाईले दावी गरेको छ ।
त्यसैगरी दलेदाईमा बैंकहरुले प्रदान गर्दै आएको घर कर्जाहरुको समेत जानकारी पाइने कम्पनीले जनाएको छ । साथै यसमा इएमआई क्यालकुलेटरको व्यवस्था समेत रहेको छ ।
FACEBOOK COMMENTS