काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। शिक्षा पत्रकार सञ्जालसँगकाे भेटमा शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले सार्वजनिक शिक्षा गुणस्तर बनाउन आफूले केही दिनमै कार्ययोजना ल्याउने बताए। मन्त्री पौडेलले भने, सार्वजनिक शिक्षा सुधार र स्तरीकृत गर्न जरुरी छ। शिक्षण विधिलाई आजको युग सुहाउँदो बनाउनुपर्छ। शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई प्राथमिकता दिइन्छ।’ उनले शिक्षा जनताको मौलिक हकको विषय भएको भन्दै शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालयले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने बताए। उनले आफूले कसैको दबाबमा काम नगर्ने पनि बताए।