रास्वपाले सार्वजनिक गर्‍यो चुनावी वाचापत्र (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार एक कार्यक्रमबीच चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।रास्वपा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले चुनावी वाचापत्र सार्वजनिक गरेका हुन् ।