काठमाडाैं । सर्कुलर इकोनोमी साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु (यूएन एडीजीएस)मा योगदान पुर्याउने भेन्चर वेस्ट टु इनर्जीलाई सार्वजनिक-निजी साझेदारी र इन्फ्रास्ट्रक्चर अवार्ड प्रदान गरेकाे छ ।
धरान नगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा परियोजनाका लागि युरोपका संयुक्त राष्ट्र आर्थिक आयोगले नेपाललाई उत्कृष्ट ५ सार्वजनिक–निजी साझेदारी र पूर्वाधार परियोजनामा अवार्ड प्रदान गरेकाे हाे ।
इनर्जी नेपालको नगरपालिकाका ठोस फोहोरबाट ऊर्जा परियोजना गर्छ । जसको ५० मेट्रिक टन अविभाजित फोहोरहरुको क्षमता रहेकाे छ ।
नेपालको बहुसंख्यक फोहोरमा बायोडिग्रेडेबल अर्गानिक फोहोरहरु भएकाले भेन्चर वेस्ट टु इनर्जीले दैनिक ३० मेट्रिक टन बायोडिग्रेडेबल फोहोरलाई पूर्ण क्षमतामा प्रशोधन गर्न एनारोबिक डाइजेसन टेक्नोलोजीको प्रयोग गरी बायो कम्प्रेस्ड नेचुरल ग्यास (बायो–सीएनजी) ऊर्जाको नवीकरणीय स्रोतका रुपमा उत्पादन गरी धरानमा टेम्पोहरु चलाउँदै आएका छन्। सोही फोहोरबाट जैविक मलको पनि उत्पादन गरिन्छ।
इनर्जीको परियोजनालाई यूएनईसीईको स्वतन्त्र निर्णायकद्वारा विश्वका ५०० भन्दा बढी सार्वजनिक–निजी साझेदारी परियोजनमध्ये शीर्ष ५ फाइनलिस्टका रुपमा चयन गरिएको थियो।
नेपाल पहिलोपटक यूएनईसीई सार्वजनिक–निजी साझेदारी र पूर्वाधार अवार्ड २०२३ मा सहभागी भएको थियो र भेन्चर वेस्ट टु इनर्जी टोलीले सातौँ यूएनईसीई अन्तर्राष्ट्रिय सार्वजनिक–निजी साझेदारी फोरममा परियोजना प्रस्तुत गरेर नेपालको प्रतिनिधित्व गरेको थियो।
यस परियोजनाले सर्कुलर इकोनोमी, हरितगृह ग्यास उत्सर्जन घटाउने, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, फोहोर घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग र कार्बन तटस्थताको आकांक्षामा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो।
अन्तिम परियोजनाले सामाजिक, वातावरणीय र आर्थिक मापदण्डहरु समावेश गर्ने प्रभावकारी समाधानहरु लागू गरेर नागरिकहरुको जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याएबापत मान्यता प्राप्त गरेको छ।
FACEBOOK COMMENTS