काठमाडौं । लोकसेवा आयोगले दशैंको विदाको बेलामा जागिर खुलाएको छ । आयोगले नवौं र ११ औं तहका लागि २२७ जना कर्मचारी माग गरेको छ ।
आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक÷प्राविधिक) तथा स्वास्थ्य सेवाका ११ औं र नवौं तहको पदको आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको छ ।
आयोगका अनुसार ११औं तहका लागि आवेदन दिन १५ सय र प्रत्येक समूहका लागि थप ६ सय रुपैयाँका दरले दस्तुर लाग्नेछ भने नवौं तहका लागि १२ सय र समूहका लागि थप ५ सय रुपैयाँका दरले दस्तुर लाग्नेछ ।
२१ वर्ष पूरा भएको र ४५ वर्ष पूरा नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् । कात्तिक १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनबाट दिन सकिने छ ।
FACEBOOK COMMENTS