काठमाडौं । यातायात व्यवसायीहरूले भोलि सोमबारदेखि देशभर यातायात बन्द गर्ने घोषणा गरेका छन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’ को आह्वानमा भोलिदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा भएको हो ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसाधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन घोषणा गरिएको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूले उक्त नियमावली खारेज नगरे भोलिदेखि यातायात बन्द गर्ने पूर्वघोषणअनुसार नै आन्दोलनको घोषणा गरेका हुन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’ ले आज आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/०२/१९ गतेबाट हुने बन्दले आम उपभोक्तावर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’
FACEBOOK COMMENTS