काठमाडौं । सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुस गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गरेको थियो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने प्रस्ताव थियो ।
FACEBOOK COMMENTS