दैलेख । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजीकरणमा पब्लिक स्पिच–२०८१ हुन लागेको छ ।
सार्वजनिक सभा समारोह, मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला भएको बन्दै दैलेखमा पब्लिक स्पिच–२०८१ गर्न लागिएको जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी विक्रम शाहीले बताए ।
उनका अनुसार दैलेखका ११ वटै पालिकामा पालिकास्तरीय पब्लिक स्पिच–२०८१ गरिएको र ११ पालिका बाट ३७ प्रतिस्पर्धि सहभागी गराइएको छ।
४ नगरपालिका र ७ गाउँपालिका भएको दैलेखमा पहिलोपटक यस्तो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा प्रथम हुनेले ३३ हजार ३३३, दोस्रो हुनेले २२ हजार २२२ । तेस्रो हुनेले ११ हजा १११ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
पालिकास्तरमा छनौट कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु भएको थियो भने माघ १४ गते गुराँस गाउँपालिकामा समापन भएको थियो ।
हरेक पालिकाबाट छनोट भएका ३७ जना प्रतिस्पर्धीको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डाविन्द्रासैनीको विन्द्रासैनी खुल्लामन्चमा गर्ने गरी तयारी भइरहेको छ ।
जिल्ला स्तरको कार्यक्रममाः सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागुऔषध दुव्र्यसनी, युवा स्वरोजगार, लैंगिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति मध्ये गोला प्रथाको माध्यमबाट कुनै एक विषयमा स्पिच दिन पाइनेछ ।
उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीयले क्रमशः ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउनेछन् भने प्रतिस्पर्धिबाट १ जनाले २५ हजार पब्लिक च्वाइस अवार्ड र पालिकाबाट सहभागी मध्ये ई–सेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने १ प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लबले जनाएको छ ।
FACEBOOK COMMENTS