काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले युवाहरुलाई राजनितिका साथसाथै व्यवसायिक रुपमा पनि सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
ललितपुरको लाँकुरी भन्ज्याङको फेदिमा हालै मात्र संचालनमा आएको ट्रिबर्न रिसोर्ट भ्रमण गर्दै उहाँले ट्रिबर्न रिसोर्ट पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले रोजगारिका लागि विदेश पलायन हुने कयौँ युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने सन्देश ट्रिवन रिसोर्टबाट लिन सकिने बताए । भ्रमणका क्रममा उनले कुनैपनि श्रेत्रमा पर्यटकिय तथा आर्थिक गतिबिधि बढाउन ट्रिबर्न रिसोर्ट उदाहरणिय रिसोर्ट बन्न सक्ने बताए ।
उनले करिब १ घण्टा समय ट्रिबर्न रिसोर्टमा बिताउँदा त्यहाँको सुन्दर , शान्त , रमणीय र पारिवारिक वातावरणले परिवारको सम्झना आएको र चाडै परिवार सहित ट्रिबर्न रिर्सटमा आउने जानकारी दिए रिसोर्ट संचालक नरेश रन्जित बताए । ट्रिवन रिसोर्ट बिभिन्न पेशा ब्यबसायसँग आबद्ध युवाहरुद्धारा संचालित रिसोर्ट हो । स्वदेशमा रोजगारि सिर्जना गर्न युवालाई सुझाउँदै रिसोर्ट संचालनमा ल्याइएको युवा व्यवसायी उज्जन श्रेष्ठ बताए।
रिसोर्टमा हाल १०० जनाभन्दा बढिले रोजगार पाईरहेका रिर्सटका संचालक एबम् ब्यबसायी नरेश रन्जितले जानकारी दिए । राज्यले लगानीको वातावरण र प्रतिफलको सुनिश्चितता गर्न सक्ने हो भने वैदेशिक रोजगारी युवाहरुको रोजाईमा नपर्ने उनको भनाई छ ।
त्यस्तै रिसोर्ट संचालक एवं नेकपा माओबादी केन्द्रको सहायक युवा संगठन वाईसियल नेपालका केन्द्रिय सदस्य राजु कुटुले शिक्षित युवा बेरोजगारी बढ्नुमा युवाले लगानी गरेका कतिपय ठाउँमा लगानीमैत्री वातावरण नहुनु एक प्रमुख कारण भएको बताए ।
ट्रिवन रिसोर्टको विशेषता भनेको सफा, स्वच्छ र शान्त वातावरणामा मिठो परिकारको स्वाद लिनुको साथै गुड हस्पिटालिटी भएको युवा व्यवसायी डिकेन कुटुले बताए ।त्यस्तै युवा व्यवसायी नबिन श्रेष्ठले ललितपुरको ग्वार्को चोकबाट करिब ८ किमि दुरि पार गरिसकेपछि सजिलै पुग्न सकिने यस रिसोर्टमा ग्राहकहरुले तारे होटेल बराबरको सेवासुविधा लिन सक्ने तर सेवासुविधा अनुसारको मुल्य भने बढि नभएको जानकारी गराए ।
दक्ष जनशक्तिद्धारा संचालित यस रिसोर्टमा अन्तर्राष्ट्रिय स्तरका भिल्ला सहित , बिभिन्न कार्यक्रमका लागि सेमिनार हल , स्वना –स्पा , ज्याकुजि ,स्वीमिङपुल लगायतका सेवाहरु उपलब्ध रहेको छ । यसको साज सज्जा र स्वादिष्ट खानाले यो रिसोर्टमा स्वदेशी तथा विदेशी ग्राहकको चाप बढ्दो छ । यहाँबाट दखिने काठमाडौं उपत्यकाको दृश्य , उदाउँदो र अस्ताउँदो सुर्यअवलोकन , जंगली चराचुरुङगीको आवाज र रातको जुनको उज्यालोमा खुलेको आकाश हेर्न ट्रिवोन रिसोर्ट पर्यटकका लागि उत्तम गन्तव्यस्थल रहेको छ ।
FACEBOOK COMMENTS