काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा आज भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भइरहेको प्रसङ्गमा उनले पहिला अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।
“गल्ती गर्नेले सजाय पाउँछ । तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन, राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो”, मन्त्री पुनले भने ।
FACEBOOK COMMENTS