काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक देखिएको छ ।
नाडा अटो शोको पाँचौं दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ ।
यस वर्षको नाडा अटो शोमा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुभयो ।
टाटा पन्च ३३ लाख ९९ हजार रूपैयाँ सुरूआती मूल्यमा सार्वजनिक गरिएको हो । यस सुरूआती भेरियन्टमा पनि ग्राहकहरूले सनरूफको आनन्द लिन सक्छन् ।
हाल सार्वजनिक मूल्य नाडा अटो शोसम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा पनि गरिएको छ ।
FACEBOOK COMMENTS