काठमाडौँ । पञ्जाबी अभिनेता तथा हास्य कलाकार जसविन्दर भल्लाको निधन भएको छ ।
उनका नजिकका साथी बाल मुकुन्द शर्माले यसको पुष्टि गरेका छन् । ६५ बर्षिय जसविन्दर भल्लालाई बुधबार साँझ ब्रेन स्ट्रोक भएपछि मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा बिहीबार उनको मृत्यु भयो।
जसविन्दर भल्लाको अन्तिम संस्कार शनिबार मोहालीमा गरिने बताइएको छ । जसविन्दर भल्ला पञ्जाबी फिल्म उद्योगमा एक प्रसिद्ध नाम थिए ।
FACEBOOK COMMENTS