काठमाडौं । नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गरेको निर्णय मान्न नसकिने बताएका छन् ।
आज आयोगले गगन थापा पक्षलाई सभापतिको आधिकारिकता दिएपछि उनले यस्तो प्रतिकृया जनाए ।
उनले वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने बताए । आयोगको निर्णय सेटिङमा भएको उनको दाबी छ ।
उनले भने- ‘हामी वैधानिक र राजनीतिक लडाई लड्छौं । यो निर्णय धेरै अगाडी सेटिंग भएको भन्ने कुरा आएको थियो र अहिले सोहि अनुसार आएको छ । आयोगले आधिकारीक र कानुनी रुपमा एक पटक नबोलाएर निर्णय गरेको छ । प्रक्रिया र कानुनी रुपमा यो अवैधानिक छ । हामी यसलाई खारेज गर्छौं ।’
उनले आफुहरुको आशंका अनुसार नै षड्यन्त्रपुर्वक निर्णय आएको बताए । खड्काले यो निर्णय अमान्य भएको बताए ।

FACEBOOK COMMENTS