काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली नेताहरूले चर्चा गरेको तेलको मूल्य वृद्धि अर्बौँ जनताको हितका लागि जोखिम’ भएको बताएका छन् ।
मस्कोमा आयोजित एक ऊर्जा मञ्चमा रुसी नेता पुटिनले भने, “केही पश्चिमा राजनीतिज्ञहरूको आत्म केन्द्रित निर्णयले विश्वको बजार अर्थतन्त्रलाई ध्वस्त पारिरहेको छ ।
वास्तवमा अर्बौँ मानिसहरूको कल्याणका लागि यसले खतरा खडा गरिरहेको छ ।
पश्चिमी मुलुकहरूमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न नोर्ड स्ट्रिम पाइप लाइनको क्षतिग्रस्त भागमार्फत युरोपमा ग्यास आपूर्ति पुनः सुरु गर्न रुस तयार रहेको तर यसका लागि ‘बल ईयूको कोर्टमा रहेको’ बताएका छन् ।
सम्मेलनमा पुटिनले पाइप लाइनको केही भाग चुहावटबाट प्रभावित भएको सङ्केत गर्दै भने, “रुस आपूर्ति सुरु गर्न तयार छ । “बल ईयूको कोर्टमा छ । यदि उनीहरू चाहन्छन् भने, पाइपका टुटीहरू चालू गर्न सकिन्छ ।”
