काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई निशाना नबनाएको बताएका छन् ।
उनले पुटिनको आधिकारिक निवासमा आक्रमण भएको क्रेमलिनको दाबीलाई अस्वीकार गरेका छन् । ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले गरेको अनुसन्धानले युक्रेनले पुटिनको कुनै पनि निवासलाई निशाना नबनाएको खुलासा गरेको बताएका छन् ।
ट्रम्पले स्पष्ट रूपमा युक्रेनले यस्तो आक्रमण आफुलाई विश्वास नभएको बताएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले गत हप्ता युक्रेनले उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको आधिकारिक निवासमा ड्रोन आक्रमण गरेको बताएका थिए, जसलाई रूसी रक्षा प्रणालीले विफल पारेको थियो ।
लाभरोभले जारी शान्ति वार्ताको बीचमा युक्रेनको यस्तो कदम गलत भएको बताएका थिए ।जेलेन्स्कीले तुरुन्तै यी आरोपहरूलाई खारेज गरेका थिए ।
यद्यपि, ट्रम्पले सुरुमा रुसको दाबीलाई गम्भीरतापूर्वक लिए र पुटिनले फोनमा उनीसँग यो मुद्दा उठाएको बताएका थिए । युरोपेली नेताहरुले पुटिनको निवासमा आक्रमणको दाबी शान्ति प्रक्रियालाई कमजोर पार्ने प्रयास भएको बताएका छन् ।

FACEBOOK COMMENTS