काठमाडौं । प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ ।
आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उपभोक्ता विभाग सचिव निधि खरेले प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए ।
भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको उनको भनाइ छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
भारत सरकारीका अनुमान अहिले १९१ लाख टन प्याज उत्पादन भएको छ । भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ ।
FACEBOOK COMMENTS