काठमाडौँ । अफगानिस्तान क्रिकेट बोर्डले रिचार्ड पाइबसलाई अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक गरेको छ । उनी मार्चमा श्रीलंकाविरुद्ध हुने सेतो बल सिरिज अघि टोलीमा सामेल हुनेछन् ।
इङल्याण्डका ६१ बर्षिय पाइबस विश्वभर सम्मानित क्रिकेट प्रशिक्षक हुन् । उनी तीन पटक आइसीसी विश्वकप जितेका र उच्च प्रदर्शन प्रणाली निर्माणमा अनुभव सम्पन्न रहेका छन् । सन् २०१३( २०१९ मा वेस्ट इन्डिजको हेड कोच र हाई(परफर्मेन्स प्रमुखका रूपमा कार्यरत उनले २०१६ मा पुरुष, महिला र यू१९ टोलीलाई एकै वर्षमा विश्वकप जित्न मद्दत पुर्याएका थिए ।
उनले पाकिस्तान, बंगलादेश राष्ट्रिय टोलीमा समेत कोचिङ गरेका छन् र दक्षिण अफ्रिकी घरेलु क्रिकेटमा नौ च्याम्पियनसिप जितेका छन् । व्यक्तिगत रूपमा, उनीले मोहम्मद रिजवान, फाफ डु प्लेसिस र डेल स्टेनजस्ता खेलाडी विकासमा भूमिका खेलेका छन् ।
शैक्षिक रुपमा पनि पाइबस अग्रणी छन् । उनले मिडलसेक्स विश्वविद्यालयबाट डक्ट्रेट, ग्रीनविच विश्वविद्यालयबाट पोस्टग्राजुएट र पोर्ट्समाउथ विश्वविद्यालयबाट बिए अनर्स डिग्री प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS