काठमाडौँ । गृहमन्त्री रवी लामिछानेले सम्बद्ध दलका नेताहरुबाट भ्रष्टाचार छानवीनमा रोकावट नगर्ने निर्देशन दिएका छन् ।
आजको संसदको पहिलो बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले कुनै पनि अपराधिक गतिविधिको छानवीन, भ्रष्टाचारको छानवीन लगायतका छानवीनमा रोकावट नगर्ने निर्देशन दिएका हुन् । यसअघि देशमा भएका वेथितिका विषयमा जनताले जवाफ खोजेको उनको भनाइ छ । वर्षौंदेखि जनताहरु निराश भएको अवस्थामा भ्रष्टाचारको नियन्त्रणमा सरकारले काम गर्ने उनले बताए ।
आफूहरुले स्याबासीसँगै निराशा पनि पाएको बताउँदै आफ्नो तर्फबाट कुनै कमजोरी भएको खण्डमा पद त्याग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले जनताको विश्वासको दियोलाई निभ्न नदिने उनले बताए ।
यसपटक जनताले दिएको मतको सम्मान गर्दै अहिलेको सरकार बनेको उनले बताए । जनजीवनको सवालमा भएको न्यूनतम साझा कार्यक्रमबाट जनताहरु लाभान्वित हुन सक्ने उनले बताए । प्रतिपक्ष दलले दिएको रचनात्मक सुझावका आधारमा सरकारले काम गर्दै जाने उनको जिकिर छ । प्रतिपक्षबाट आफूहरुले सहयोग पाउने उनको विश्वास छ ।
FACEBOOK COMMENTS