काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका ११ स्थित घरमा रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेका थिए।
उनको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।
सँगै सुतेका रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको कार्कीले बताए।
‘उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ, तीनतले घरमा रहेको सीसीक्यामेरामा आधा भागबाट मात्रै कभर भएको छ,’ उनले भने,‘दिलबहादुर खस्दै गरेको देखिन्छ। भुइँमा रहेको गमलामा उनको टाउको बजारिएको देखिन्छ। अवस्था गम्भीर छ।’
३९ वर्षीय चालक थापाको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ हो। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
FACEBOOK COMMENTS