काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।
उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् । घटना लगत्तै सभापति लामिछाने आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्यालीमा रहेको बताए । उनले यो आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।
उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् ।
FACEBOOK COMMENTS