काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लागेको सहकारी ठगीको आरोपबारे आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
आफूमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप लागेपछि उहाँले पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नभएको छ,’सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ । पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।’
FACEBOOK COMMENTS