काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको हो ।
यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । यसअघि पनि यो मुद्दा हेर्दा हेर्दैमा थियो ।
अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।
FACEBOOK COMMENTS