काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको भ्रमण टोलीसहित अयोध्या पुगेको छ ।
गत जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने आज स्वदेश फर्किने कार्यतालिका छ । भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
यस्तै, लामिछानेले भाजपाका केन्द्रीय नेता नितिन नवीन लगायतका अन्य प्रभावशाली नेताहरूसँग पनि भेटघाट गरेका थिए । दिल्लीमा रहेका बेला उनले भारतका लागि अमेरिकी राजदूत एवं दक्षिण एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरसँग पनि संवाद गरेका थिए ।