धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्न लागेको छ ।
रास्वपाले सुर्खेतमा गर्ने यो सभामा अपरान्ह १२ बजेदेखि सुरू हुने जानकारी दिएको छ । यस सभालाई रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा। स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले बुधबार धनगढीबाट शुरु गरेको सभा आज सुर्खेतमा गरेपछि, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ ।
FACEBOOK COMMENTS