काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई भेट्न अमरेशकुमार सिंह पनि पुगेका छन् ।
बिहीबार ललितपुरको ज्वागलस्थित कुमान वेञ्जनकारको घरमा बालेनलाई भेट्न उनी करिब सभा १ बजे पुगेका हुन्।
बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वार्ता गरिरहेका छन्। आजको बार्ता निर्णायक हुने जनाइएको छ।
बालेनले गएरातिदेखि उक्त घरमा बसेर विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । यसक्रममा गुरुङ पनि भेटवार्ता लागि बिहानैदेखि लाइनमा बसेका थिए ।
FACEBOOK COMMENTS