काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन शाहबीच आज भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
उज्यालो नेपाल पार्टीको एउटा समूह रास्वपासँगको एकतामा प्रश्न उठाउँदै आएको छ । उक्त समूह हिजोमात्रै निर्वाचन आयोगमा बेग्लै समानुपातिकको सूची समेत बोकेर पुगेको थियो ।
समानुपातिक सूचीमा देखिएको समस्याबीच तीन शीर्ष नेताहरूले शनिबार छलफल गरेका हुन् ।
FACEBOOK COMMENTS