काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् ।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री मोदीले दुवै नेतालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिँदै नेपालमा भएको निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेका थिए ।
उनले नेपालमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारतले नेपालसँग आपसी समृद्धि, विकास र जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । साथै दुवै देशको संयुक्त प्रयासबाट आगामी दिनमा भारत-नेपाल सम्बन्ध अझ मजबुत हुँदै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
FACEBOOK COMMENTS