काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज राजाधानी काठमाडौंमा हुन लागेको राजसंस्था पक्षधर र गणतन्त्रवादीहरूको आन्दोलन कुनैमा पनि आफू सरिक नहुने बताएको छ । तर, उसको झुकाव भने राजसंस्था पक्षधरहरूको आन्दोलनतर्फ रहेको देखिन्छ । पार्टीका नेताहरूले दिएका अभिव्यक्तिहरूले पनि यसको सङ्केत गरेका छन् ।
रास्वपाले वर्तमान सरकारविरुद्ध हुने शान्तिपूर्ण आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहने सार्वजनिक रूपमै बताएको छ ।
यसैबीच, रास्वपाका सांसद हरि ढकाललाई आज हुने ‘राजावादीहरूको आन्दोलनमा सहभागी हुने कि नहुने ?’ भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अहिले नै आन्दोलनमा सहभागी नहुने बताएका छन् । उनले भनेका छन्, ‘त्यहाँ हामी अहिले जाँदैनौँ ।’ प्रश्नको जवाफमा प्रस्तुत उनको लवजले रास्वपा तत्काल यो आन्दोलनमा सहभागी नहुने भए पनि आन्दोलनलाई समर्थन रहेको सङ्केत गर्छ । साथै, ‘अहिले जाँदैनौँ’ भन्ने उनको द्विअर्थी जवाफले ‘कहिले जाने त ?’ भन्ने प्रतिप्रश्न पनि खडा गर्छ ।
याे भिडओ हेर्नुहोस्
दुईमध्ये कुनै पनि आन्दोलनमा सहभागी नभएर विरोधाभासपूर्ण रूपमा तटस्थ देखिन खोज्नु तथा पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगर्नुले रास्वपाको रणनीति ‘दुवै हातमा लड्डु’ पार्ने किसिमको पनि देखिन्छ । एकातिर सरकारविरुद्धको आन्दोलनमा ऐक्यबद्धता देखाउनु र अर्कातिर राजावादीहरूको आन्दोलनतर्फ झुकाव देखिनुले यसको स्पष्ट सङ्केत दिएको हो ।
साथै, सधैँ चासो र चर्चामा रहने तथा देशका हरेकजसो गतिविधिमा टिप्पणी गरिरहने रास्वपाका सभापति रवि लामिछाने यहीबीच मौन रहनुले पनि यसलाई सही साबित गरिरहेको छ ।
यी समाचारहरू पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS