चितवन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पनि होली खेलेका छन् ।
फागु पूर्णिमाको दिन आज आइतबार चितवको भरतपुरस्थित सचिवालयमा आएर उनले होली मनाएका हुन् ।
आफ्नै निर्वाचन क्षेत्रमा आइपुगेका उनले आफ्ना कार्यकर्तासँग बसेर होली खेलेका हुन् । एकअर्कामा रङ दलेपछि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन समेत गरेका छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति पनि हुन् ।
काठमाडौंमा ड्रोनबाट होलीको निगरानी गर्दै नेपाल प्रहरी, उच्छृङ्खल गतिविधि गरे तत्काल कारबाही
FACEBOOK COMMENTS