काठमाडौं । चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जित निकाल्ने एक्जिट पोल सार्वजनिक भएको छ ।
निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५३ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको हो । उक्त क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गर्दै आएको छ ।
लामिछानेका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका उमेश श्रेष्ठले २१ प्रतिशत मत पाउने र नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्ण भक्त पोख्रेलले १४ प्रतिशत मत पाउने आंकलन रहेको छ ।
FACEBOOK COMMENTS